आगलागी
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु, आगो अझै नियन्त्रणबाहिर
बुधबार, १९ वैशाख २०८१, ०८ : २५

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।
मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलवार मृत्यु भएको थियो ।
ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
सभामुख घिमिरे र रास्वपाका नेताहरूबिच छलफल
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते