आगलागी
ललितपुरमा डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु, आगो अझै नियन्त्रणबाहिर
बुधबार, १९ वैशाख २०८१, ०८ : २५
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।
मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलवार मृत्यु भएको थियो ।
ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण