सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : ७१ अङ्कले घटेर नेप्से सूचक २ हजार ८४ विन्दुमा झर्‍यो, साढे २५ अर्बको कारोबार

शनिबार, १३ माघ २०८०, ०८ : २१
शनिबार, १३ माघ २०८०

काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से पाँचै कारोबार दिन नेगेटिभ(ऋणात्मक) बन्न पुगेको छ । अघिल्लो हप्ताको बुधबार अर्थात् माघ ३ गतेदेखि ओरालो लाग्न थालेको नेप्से सूचक निरन्तर यो हप्ता भरी नै रोकिएन । माघ ११ गतेसम्म यो साता ७१.७३ अङ्कले नेप्से घट्दै २ हजार ८४ विन्दुमा झरेको हो । 

आइतबार २५.६३ अङ्कले घटेको नेप्से सूचक सोमबार ३१.४९ अङ्कले घट्यो भने मंगलबार, बुधबार र अन्तिम कारोबार दिन बिहीबार क्रमशः ०.४० अङ्क, १०.२५ अङ्क र ३.९४ अङ्कले नेप्से घटेको छ । 

समग्रमा यो साता ७१ अङ्कले नेप्से सूचक घट्दै गर्दा तर यता कारोबार भने आकर्षक रूपले नै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता २५ अर्ब ५४ करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

  • मार्केट क्यापिटलाइजेशन १ खर्ब १२ अर्ब रुपैयाँले घट्यो

उसो त नेप्से सूचकसँगै यो साता यता मार्केट क्यापिटलाईजेशन (बजार पुँजी) समेत घट्न पुगेको छ । यो साता १ खर्ब १२ अर्ब ६६ करोड ६० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन घट्न पुगेको हो । 

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन धितोपत्र बजार मार्केट क्यापिटलाईजेशन ३३ खर्ब ८६ अर्ब ३ करोड ६० लाख रुपैयाँ कायम भएको थियो । तर, यो साता सो घटेर ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ बराबरमा झरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप