शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख पार्टीका नेताहरूले जनतालाई गुमराहमा राखेका छन् : प्रभु साह

शनिबार, १३ माघ २०८०, २० : ३२
शनिबार, १३ माघ २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह प्रमुख दलका नेताहरूप्रति आक्रामक ढङ्गले प्रस्तुत भएका छन् । 

साहले अहिले प्रमुख पार्टी र तिनका नेताहरूले देशलाई लुट्ने र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको आरोप लगाएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै  उनले देशको बागडोर सम्हालेका नेताहरूले देशलाई निकास दिन नसकेको दाबी गरे । 

साहले जनतालाई विकास र समाधान दिनुको साटो खोक्रा आश्वासन दिन दलहरू उद्धत रहेको भन्दै यसले जनतालाई भ्रमित गर्नुबाहेक केही पनि उपलब्धि हासिल हुन नसक्ने बताए । जनतालाई भ्रमित बनाउनकै लागि दलहरूले संवाद यात्रा, सङ्कल्प यात्रा, मेची महाकाली यात्रा र रूपान्तरण अभियान चलाएको उनको आरोप छ । ‘त्यो सबै जनतालाई भ्रमित बनाउन चलाइएका अभियान हुन्’, उनले भने, ‘देशले विकास खोजिरहेको बेला विकास लानुपर्ने होइन ? युवा बेरोजगार छन् रोजगार दिनुपर्ने होइन र  ? प्रमुख दलहरूको क्रियाकलापले भ्रम छर राज गर भन्ने भनाइ सिद्ध भएको छ ।’

साहले जनताले गरिबीबाट मुक्ति र स्वदेशमै रोजगारी चाहेको भन्दै यावत समस्या समाधान गर्ने दायित्व सत्तामा रहेका दल र सरकारकै भएको बताए । युवाहरूको भविष्य बिगार्ने नेताहरुनै भएको आरोप लगाउँदै उनले भने, ‘हामी चाहन्छौँ यो दलका ठेकदारहरूलाई कुर्सीबाट हटाउनुपर्छ ।’

आम जनता पार्टीको उपत्यका समन्वय कमिटीद्वारा काठमाडौँमा माघ २० गते हुने भ्रष्टाचार विरुद्धको मोटरसाइकल र्‍यालीको तयारी सम्बन्धमा आज उपत्यकाको विभिन्न स्थानमा भेला एवं अन्तरक्रियाहरू सम्पन्न भएको सो पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप