शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसियन लाइफ इन्स्योरेन्सले ८.१५ प्रतिशत लाभांश दिने

आइतबार, १४ माघ २०८०, ११ : २३
आइतबार, १४ माघ २०८०

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.१५ प्रतिशत लाभांश दिने भएको छ । शुक्रवार बेलुका बसेको कम्पनीको सञ्चालक समितिको १८८ औँ बैठकले कुल चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र ०.४० प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश दिने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । उक्त पुँजी बराबर ७.७५ प्रतिशत बोनस सेयर बापत कम्पनीले २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ बराबर सेयर वितरण गर्नेछ भने ०.४० प्रतिशत बराबर १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद खर्च गर्नेछ । 

नगद र बोनस सेयर गरी कम्पनीले कूल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ खर्च गर्नेछ । प्रस्तावित लाभांश केन्द्रीय बैंकले स्वीकृत गरेसँगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ । 

Asian life

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप