अमेरिकामा पार्कबाट बेसबल आइकनको मूर्ति चोरी
आइतबार, १४ माघ २०८०, १६ : १०

कान्सास । मध्यपश्चिम अमेरिकाको कान्सास राज्यमा एउटा पार्कबाट अमेरिकाका आइकोनिक बेसबल खेलाडी ज्याकी रबिनसनको मूर्ति चोरी भएको छ । प्रहरीले बताएअनुसार विचिता सहरको म्याकएडम्स पार्कमा राखिएको रबिनसनको काँसको मूर्ति गायब छ ।
चोरले मूर्तिको गोलीगाँठाभन्दा माथिको हिस्सा काटेर ट्रकमा राखेर लगेका थिए । चोरी बिहिबार राती भएको बताइएको छ । मूर्तिबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नगद पुरस्कार दिने घोषणा गरेको छ । रबिनसनले ब्रुकलिन डोजर्सबाट खेलेका थिए । मेजर लिग बेसबलमा खेल्ने पहिलो काला खेलाडीको रुपमा उनले इतिहास रचेका थिए ।
चोरी भएको मूर्तिको मूल्य ७५ हजार डलर भएको नगरका अधिकारीहरुले बताएका छन् । मूर्ति चोरबारे बताइदिनेलाई २ हजार ५०० डलर र मूर्तिबारे जानकारी दिनेलाई अतिरिक्त ५ हजार डलर दिने घोषणा वाचिता नगरले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार