अमेरिकामा पार्कबाट बेसबल आइकनको मूर्ति चोरी
आइतबार, १४ माघ २०८०, १६ : १०
कान्सास । मध्यपश्चिम अमेरिकाको कान्सास राज्यमा एउटा पार्कबाट अमेरिकाका आइकोनिक बेसबल खेलाडी ज्याकी रबिनसनको मूर्ति चोरी भएको छ । प्रहरीले बताएअनुसार विचिता सहरको म्याकएडम्स पार्कमा राखिएको रबिनसनको काँसको मूर्ति गायब छ ।
चोरले मूर्तिको गोलीगाँठाभन्दा माथिको हिस्सा काटेर ट्रकमा राखेर लगेका थिए । चोरी बिहिबार राती भएको बताइएको छ । मूर्तिबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नगद पुरस्कार दिने घोषणा गरेको छ । रबिनसनले ब्रुकलिन डोजर्सबाट खेलेका थिए । मेजर लिग बेसबलमा खेल्ने पहिलो काला खेलाडीको रुपमा उनले इतिहास रचेका थिए ।
चोरी भएको मूर्तिको मूल्य ७५ हजार डलर भएको नगरका अधिकारीहरुले बताएका छन् । मूर्ति चोरबारे बताइदिनेलाई २ हजार ५०० डलर र मूर्तिबारे जानकारी दिनेलाई अतिरिक्त ५ हजार डलर दिने घोषणा वाचिता नगरले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण