सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बाल गायक प्रज्वलले ल्याए ‘नेपाली भाका’

सोमबार, १५ माघ २०८०, १७ : ०२
सोमबार, १५ माघ २०८०

विराटनगर । मोरङ बेलबारीमा एक समारोहकाबिच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक गरिएको छ ।

सोमबार अलङ्कार कला केन्द्र बेलबारीको आयोजनामा सांस्कृतिक भवनको सभाहलमा नेपाली भाका सार्वजनिक गरिएको हो । समारोहका प्रमुख अतिथि बेलबारी वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी थिए । 

सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष तथा साहित्यकार छवि वैरागी घिमिरेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे, गायक तथा सङ्गीतकार कृष्णभक्त राई, सङ्गीतकार भीम बस्नेत, वाद्यवादक तथा गायक मेखराज कार्की, महिला नेत्री सीता सुवेदी, पत्रकार नरेन्द्र बस्नेतलगायत थिए ।

सो अवसरमा नयाँ गीतको अडियो र भिडियो प्ले गरेर गीत विमोचन गरियो । त्यस अवसरमा बालगायक प्रज्वल पौडेलले आफ्नो नयाँ गीत गाएर सुनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप