जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् ।
सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर समेत गरे ।
पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिस्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए । उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए ।
अध्यक्ष नेपालले भने, ‘एकाधिकारवादी ‘जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन । त्यसलाई त्याग्नुको मतलब हामी एकदलीय तानाशाहीमा जानु हो । एकातिर साम्राज्यवादको एकाधिकार देखिँदै छ । कम्युनिस्ट पार्टीप्रति उनीहरुको गतिविधि र अभियानहरु चलिरहेका छन् । अनि कम्युनिस्ट पार्टीहरुलाई एकाधिकारवादी, अनि अधिनायकवादको आरोप लगाइरहेको अवस्था छ । त्यसको सामना गर्नका लागि पनि हामीले नै हाम्रो मुलुकमा हाम्रो आन्दोलनका विकास गरेको यो विचारलाई त्याग्न सकिँदैन । त्यसो हुनाले जनताको बहुदलीय जनवादको जनवादी क्रान्तिको सन्दर्भको कुरा त्यो हामीले एक चरणमा पूरा गरेका छौँ ।’
अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरु जान नसक्ने तर्क समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण