मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

गायक पाण्डेको ‘माया यस्तै हुँदो रहेछ’ गीत सार्वजनिक

मङ्गलबार, १६ माघ २०८०, १२ : ०३
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । गायक कृष्ण पाण्डेको नयाँ गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक भएको छ । प्रेम वियोगको भाव समेटिएको गीतको भिडियोमा गायक स्वयम्को अभिनय देख्न सकिन्छ । 

हस्त गौतमको शब्द, मनोज चौलागाईंको  संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको छ ।  आशिष नेपालको छायांकन तथा निर्देशन रहेको भिडियो  काठमाडौँका रमणीय स्थलमा छायांकन भएको छ ।  

क्लासिकल संगीतका विद्यार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी,  जे जे पर्छ पर्छ, लगायतका गीत बजारमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप