गायक पाण्डेको ‘माया यस्तै हुँदो रहेछ’ गीत सार्वजनिक
मङ्गलबार, १६ माघ २०८०, १२ : ०३
काठमाडौँ । गायक कृष्ण पाण्डेको नयाँ गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक भएको छ । प्रेम वियोगको भाव समेटिएको गीतको भिडियोमा गायक स्वयम्को अभिनय देख्न सकिन्छ ।
हस्त गौतमको शब्द, मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार पारिएको छ । आशिष नेपालको छायांकन तथा निर्देशन रहेको भिडियो काठमाडौँका रमणीय स्थलमा छायांकन भएको छ ।
क्लासिकल संगीतका विद्यार्थी समेत रहेका गायक पाण्डेले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छ पर्छ, लगायतका गीत बजारमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण