परराष्ट्र मन्त्रालयमा भूतपूर्व गोर्खा सैनिककाे मागबारे छलफल
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख नजरल सरपेट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे छलफल भएको हो ।
गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेना प्रमुखसँग उनले अनुरोध गरे ।
सेना प्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए । साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको उनले बताए ।
नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्याएको सहयोगका लागि मन्त्री साउदले धन्यवाद दिए ।
बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए । यस्तै आगामी सहयोग नेपालमा रोजगारी सिर्जना र पर्यटन विकासलगायत आर्थिक वृद्धिमा केन्द्रित रहने बेलायती पक्षले जानकारी गराए ।
नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको बेलायती सेना प्रमुखले उच्च प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण