७ वर्षपछि बलिउडमा कमब्याक गर्दैछन् आतिफ असलम
नयाँ दिल्ली । पाकिस्तानी गायक आतिफ असलमका फ्यान पाकिस्तान र भारतमा मात्रै होइन संसारभर नै छन् ।
भारतले पाकिस्तानी कलाकार, गायकहरूमाथि लगाएको प्रतिबन्धका कारण कयौँ वर्षदेखि आतिफले भारतीय फिल्ममा गीत गाउन पाएका थिएनन् । हालैका महिनामा सो प्रतिबन्ध हटेसँगै बलिउडमा आतिफको कमब्याकको बाटो खुल्ला भएको छ ।
भारतमा कमब्याक गर्ने उनी पहिलो ठूला पाकिस्तानी कलाकार बन्दैछन् । बलिउड फिल्म लभस्टोरी अफ नाइन्टिजका निर्माताहरुले आफ्नो फिल्मका लागि आतिफसँग सहकार्य गर्दैछन् । निर्देशक अमित कसारियाको यो फिल्ममा अध्ययन सुमन र मिस युनिभर्स दीवा, दिविता राल मुख्य भूमिकामा देखिनेछन् ।
बक्स अफिस वल्र्डवाइडमा प्रकाशित एक खबरका अनुसार लभस्टोरी अफ नाइन्टिजका निर्माता र वितरक हरेश संगानी र धर्मेश संगानीले भनेका छन्, ‘७–८ वर्षपछि आतिफको कमब्याक आनन्ददायक कुरा हो । हामीहरु निकै खुसी छौं किनकि उनले पहिलो गीत हाम्रो फिल्मका लागि गाएका छन् । आतिफ असलमका फ्यानहरु निकै रोमाञ्चित हुनेछन् । उनले हाम्रो फिल्ममार्फत बलिउडमा कमब्याक गर्दैछन् ।’
आतिफले उक्त फिल्ममा एउटा मात्रै गीत गाएका छन् । गीत रामोन्टिक मेलोडी भएको अनि फिल्मको शीर्षकसँग निकै सुहाएको बताइएको छ । यो गीत दर्शकका लागि ‘डिलाइट’ हुने अनि यस वर्षको निकै हिट हुने दाबी पनि मेकरहरुको छ । यो फिल्मका लागि आतिफ बाहेक उदीत नारायण, अमित मिश्रा र अमन त्रिखा लगायत गायकहरुले पनि गीत गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण