साझा सपना र संकल्पले मात्रै देशलाई समुन्नत बनाउँछ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले राष्ट्रको साझा सपना निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टस क्लब नेपाल मकवानपुर शाखाद्वारा सहिद दिवसको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रको साझा सपना निर्माण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले साझा सपना र साझा सङ्कल्पले मात्रै देशलाई समुन्नतिको बाटोमा अघि बढाउन सकिने बताए । उनले अबको नेपालको साझा सपना समावेशी समुन्नत नेपालको निर्माण गर्नु भएको पनि बताए ।
मन्त्री श्रेष्ठले अहिले साझा सपना निर्माण गर्न नसक्दा देशमा अलमलको अवस्था देखिएको भन्दै साझा सपना निर्माणका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले सहिद कुनै पार्टी, समुदाय, लिङ्ग, क्षेत्र र धर्म विशेषको नहुने बताए । उनले सहिद राष्ट्रको हुने र सहिदलाई कसैले पनि दलीयकरण गर्नु नहुने बताए । उनले बागमती प्रदेश सरकार सहिदका अधुरा सपना पुरा गर्न इमानदारीपूर्वक लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण