प्रिमियर लिग : अंक तालिकामा माथि उक्लिँदै आर्सनल
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरी कम गरेको छ । मंगलबार राति भएको खेलमा नटिङघम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेपछि आर्सनलले अंक दूरी २ मा झारेको हो ।
शीर्ष स्थानको लिभरपुल ४८ अंक रहेको छ भने आर्सनलको ४६ अंक रहेको छ । तर लिभरपुलले एक खेल कम (२१) मात्र खेलेको छ । मंगलबार राति आर्सनललाई जिताउन ग्याब्रिएल जेसस ६५ औं र बकायो साकाले ७२ औं मिनेटमा एक–एक गोल गरेका थिए ।
नटिङघमका लागि टाइवो अवोनियीले ८९ औं मिनेटमा फर्काएको १ गोल सान्त्वनामा परिणत भयो । आर्सनलसँग पराजित भएको नटिङघम १६ औं स्थानमा रहेको छ । प्रिमियर लिगकै अन्य खेलमा न्युक्यासल युनाइटेडले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले सेफिल्ड युनाइटेडर्ला ३–२ गोलले स्तब्ध बनायो ।
यसैगरी लुटनले ब्राइटनमाथि ४–० गोलको एकतर्फी जित दर्ता ग्र्दा फुलह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण