सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग : अंक तालिकामा माथि उक्लिँदै आर्सनल

बुधबार, १७ माघ २०८०, ०७ : ४०
बुधबार, १७ माघ २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरी कम गरेको छ । मंगलबार राति भएको खेलमा नटिङघम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेपछि आर्सनलले अंक दूरी २ मा झारेको हो । 

शीर्ष स्थानको लिभरपुल ४८ अंक रहेको छ भने आर्सनलको ४६ अंक रहेको छ । तर लिभरपुलले एक खेल कम (२१) मात्र खेलेको छ । मंगलबार राति आर्सनललाई जिताउन ग्याब्रिएल जेसस ६५ औं र बकायो साकाले ७२ औं मिनेटमा एक–एक गोल गरेका थिए ।

नटिङघमका लागि टाइवो अवोनियीले ८९ औं मिनेटमा फर्काएको १ गोल सान्त्वनामा परिणत भयो । आर्सनलसँग पराजित भएको नटिङघम १६ औं स्थानमा रहेको छ । प्रिमियर लिगकै अन्य खेलमा न्युक्यासल युनाइटेडले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले सेफिल्ड युनाइटेडर्ला ३–२ गोलले स्तब्ध बनायो ।

यसैगरी लुटनले ब्राइटनमाथि ४–० गोलको एकतर्फी जित दर्ता ग्र्दा फुलह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप