सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा इतिहास रच्ने दुई खेल

बुधबार, १७ माघ २०८०, ११ : १५
बुधबार, १७ माघ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार राति खेलिएको दुईवटा खेलले इतिहास रचेको छ । ती दुई भिडन्तमा खेल सुरु भएको २० सेकेन्डभित्रै गोल भएको थियो ।

यसअघि एकै दिन सम्पन्न दुई खेलमा सुरुको २० सेकेन्डभित्र गोल भएको इतिहास थिएन । लुटन टाउन र ब्राइटन तथा क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडबिचको भिडन्तमा खेल सुरु भएको २० सेकेन्डमै गोल भएको हो ।

लुटन टाउन र ब्राइटनबिचको भिडन्तमा खेल सुरु भएको १८  सेकेन्डमै लुटनका लागि एलिजा एडेबायोले गोल गरेका थिए । यसैगरी क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडबिचको भिडन्तमा पनि सेफिल्डका लागि बेन डियाजले २० सेकेन्डमै गोल गरेका थिए ।

यसअघि प्रिमियर लिगको इतिहासमा एकै दिन दुई खेलमा २० सेकेन्डभित्र गोल भएको थिएन । लुटन टाउनले बलियो प्रतिद्वन्द्वी ब्राइटनलाई ४–० गोलको फराकिलो अन्तरले हराएको थियो भने क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडमाथि ३–२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।  

इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान भने सन् २०१८–१९ सिजनमा बनेको थियो । सन् २०१९ को अप्रिल २३ तारिखमा साउथएम्पटनका शेन लङ्गले खेल सुरु भएको ७.६९ सेकेन्डमै गोल गरेका थिए ।

यसैगरी प्रिमियर लिगमा दोस्रो छिटो गोल भने सन् २०२२–२३ सिजनमा भएको थियो । आर्सनलविरुद्ध बर्नमाउथका फिलिप बलिङले खेल सुरु भएको ९.११ सेकेन्डमै गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप