प्रिमियर लिगमा इतिहास रच्ने दुई खेल
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार राति खेलिएको दुईवटा खेलले इतिहास रचेको छ । ती दुई भिडन्तमा खेल सुरु भएको २० सेकेन्डभित्रै गोल भएको थियो ।
यसअघि एकै दिन सम्पन्न दुई खेलमा सुरुको २० सेकेन्डभित्र गोल भएको इतिहास थिएन । लुटन टाउन र ब्राइटन तथा क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडबिचको भिडन्तमा खेल सुरु भएको २० सेकेन्डमै गोल भएको हो ।
लुटन टाउन र ब्राइटनबिचको भिडन्तमा खेल सुरु भएको १८ सेकेन्डमै लुटनका लागि एलिजा एडेबायोले गोल गरेका थिए । यसैगरी क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडबिचको भिडन्तमा पनि सेफिल्डका लागि बेन डियाजले २० सेकेन्डमै गोल गरेका थिए ।
यसअघि प्रिमियर लिगको इतिहासमा एकै दिन दुई खेलमा २० सेकेन्डभित्र गोल भएको थिएन । लुटन टाउनले बलियो प्रतिद्वन्द्वी ब्राइटनलाई ४–० गोलको फराकिलो अन्तरले हराएको थियो भने क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडमाथि ३–२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।
इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान भने सन् २०१८–१९ सिजनमा बनेको थियो । सन् २०१९ को अप्रिल २३ तारिखमा साउथएम्पटनका शेन लङ्गले खेल सुरु भएको ७.६९ सेकेन्डमै गोल गरेका थिए ।
यसैगरी प्रिमियर लिगमा दोस्रो छिटो गोल भने सन् २०२२–२३ सिजनमा भएको थियो । आर्सनलविरुद्ध बर्नमाउथका फिलिप बलिङले खेल सुरु भएको ९.११ सेकेन्डमै गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण