सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले २०८१–०९१ लाई आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने

बिहीबार, १८ माघ २०८०, ११ : ०२
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने भएको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०९०/०९१ सम्मलाई आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरूसँगको सहकार्यमा दशक मनाउने भएको हो ।

श्रम मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आम सञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, ट्रेड युनियन, राजनैतिक दलहरू समेतको सहकार्यमा आन्तरिक रोजगार प्रवर्धन दशकको रूपमा मनाउन सरकारलाई निर्णय गरेको छ । 

आगामी सोह्रौँ योजना तथा बजेट तथा कार्यक्रम तर्जुमामा समेत यस विषयमा सघाउ पुग्ने गरी तर्जुमाका लागि सम्बन्धित निकायहरूमा अनुरोध निर्णय समेत परिषद् बैठकले गरेको छ । बैठकमा नेपाल सरकारका सचिवहरू, परिषद्का सदस्य एवम् विभिन्न निकायका प्रमुखहरू, रोजगारदाताका प्रतिनिधिहरू, ट्रेड युनियनका प्रतिनिधिहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो । 

बैठकले मुलुकको श्रम प्रशासन सुधार, आन्तरिक रोजगारी प्रवर्धन लगायत विषयमा विभिन्न निर्णय गरेको थियो । आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने विषयमा समेत परिषद्ले निर्णय गरेको र त्यसका लागि श्रम मन्त्रालयले आवश्यक गृहकार्य गर्नेछ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप