सरकारले २०८१–०९१ लाई आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने
काठमाडौँ । सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने भएको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०९०/०९१ सम्मलाई आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरूसँगको सहकार्यमा दशक मनाउने भएको हो ।
श्रम मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आम सञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, ट्रेड युनियन, राजनैतिक दलहरू समेतको सहकार्यमा आन्तरिक रोजगार प्रवर्धन दशकको रूपमा मनाउन सरकारलाई निर्णय गरेको छ ।
आगामी सोह्रौँ योजना तथा बजेट तथा कार्यक्रम तर्जुमामा समेत यस विषयमा सघाउ पुग्ने गरी तर्जुमाका लागि सम्बन्धित निकायहरूमा अनुरोध निर्णय समेत परिषद् बैठकले गरेको छ । बैठकमा नेपाल सरकारका सचिवहरू, परिषद्का सदस्य एवम् विभिन्न निकायका प्रमुखहरू, रोजगारदाताका प्रतिनिधिहरू, ट्रेड युनियनका प्रतिनिधिहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बैठकले मुलुकको श्रम प्रशासन सुधार, आन्तरिक रोजगारी प्रवर्धन लगायत विषयमा विभिन्न निर्णय गरेको थियो । आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने विषयमा समेत परिषद्ले निर्णय गरेको र त्यसका लागि श्रम मन्त्रालयले आवश्यक गृहकार्य गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण