भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटायो
काठमाडौँ । भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको संघीय सरकारले बताएको छ । अर्थ मन्त्रालयको राजश्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गरेको हो ।
भन्सार महसुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन् । इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै संघीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो ।
आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महसुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो । यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिस्पर्धी बनाउन योग्य बनाउने बताइएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव