कविता
तिमीसँग छुटिएपछि
शनिबार, २० माघ २०८०, ०७ : ५५
तिमीसँग छुटिए पछि
तिमीलाई भेटाउनु छ भनेर
यो जिन्दगीले यो जिन्दगीको यो ठाडो उकालो दौडिन सिकेको हो
माथि कतै तिमी भेटिने छौ यही सोचेर
र सोचेर
एक समयको डिपार्चर पछि
आउने अर्को समयले पनि
रङ्गिन सपनाहरू दिन सक्छ
जस्तो कि
लार्भाबाट छुट्टियो भने
रङ्गिन पखेटाहरू फिजाउँदै
उड्न सक्ने पुतलीहरूको जन्म हुन्छ
जस्तो कि
हिमालसँग हिउँ छुटियो भने
नदीले आफ्नो अनन्त यात्रा तय गर्छ
छुट्टिनु भनेको सक्किनु होइन रहेछ
हिमाल र हिउँ छुटिँदैमा
कहाँ सकिन्छ र हिमाल र नदीको सम्बन्ध
छुट्टिनु भनेको अर्को सम्भावनाको जन्म पनि हो
तिमीसँग छुटिए पछि
मैले अलि पर सम्म हेर्न सिकेको छु
सीमित सीमामा समेटिएको म
अचेल फराकिलो भएको छु
सागर जस्तै
सगर जस्तै
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण