शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

तिमीसँग छुटिएपछि

शनिबार, २० माघ २०८०, ०७ : ५५
शनिबार, २० माघ २०८०

तिमीसँग छुटिए पछि
तिमीलाई भेटाउनु छ भनेर
यो जिन्दगीले यो जिन्दगीको यो ठाडो उकालो दौडिन सिकेको हो 
माथि कतै तिमी भेटिने छौ यही सोचेर
र सोचेर
एक समयको डिपार्चर पछि 
आउने अर्को समयले पनि 
रङ्गिन सपनाहरू दिन सक्छ

जस्तो कि
लार्भाबाट छुट्टियो भने 
रङ्गिन पखेटाहरू फिजाउँदै
 उड्न सक्ने पुतलीहरूको जन्म हुन्छ
जस्तो कि
हिमालसँग हिउँ छुटियो भने
नदीले आफ्नो अनन्त यात्रा तय गर्छ
छुट्टिनु भनेको सक्किनु होइन रहेछ
हिमाल र हिउँ छुटिँदैमा
कहाँ सकिन्छ र  हिमाल र नदीको सम्बन्ध
छुट्टिनु भनेको अर्को सम्भावनाको जन्म  पनि हो
तिमीसँग छुटिए पछि 
मैले  अलि पर सम्म हेर्न सिकेको छु
सीमित सीमामा समेटिएको म
अचेल फराकिलो भएको छु
सागर जस्तै 
सगर जस्तै

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भण्डारी
लोकेन्द्र भण्डारी
लेखकबाट थप