सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको संसदीय दलको बैठक भाेलि*

आइतबार, २१ माघ २०८०, ०८ : ४१
आइतबार, २१ माघ २०८०

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक साेमबार बस्दै छ । भाेलि बिहान  सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । 

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।

यसअघि शीर्षकमा 'भोलि' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप