आइफोनमा एआई फिचर ल्याउँदै छ एप्पल
क्यालिफोर्निया । गुगल र सामसङले एआई फिचर भएका स्मार्टफोन ल्याइसकेका छन् । गुगल पिक्सेल ८ र सामसङ ग्यालेक्सी एस२४ सिरिजका अधिकांश फोनमा एआई फिचर छन् । एप्पलले अहिलेसम्म आइफोनमा यी फिचर दिएको छैन । कम्पनीले पछिल्लो पटक ल्याएको फोनमा पनि यो फिचर समेटिन सकेन । तर एप्पलले छिटै नै आइफोनमा एआई फिचर दिन सक्ने देखिएको छ ।
जेनरेटिभ एआईमा सफ्टवेयर फिचरमा काम भइरहेको एप्पललका सीईओ टिक कूकले पुष्टि समेत गरेका छन् । यो फिचर यस वर्षको अन्त्यसम्ममा उपभोक्ताले पाउन सक्ने बताइएको छ । एप्पलले जेनरेटिभ एआईमा काम गरिरहेको भन्ने जानकारी आएको यो पहिलो पटक भने होइन । यस अघि कम्पनीले आईओएस १८ एप्पलको आईओएस हिस्ट्रीमा सबैभन्दा ठुलो अपडेट हुन सक्ने खबर आएको थियो । तर यसबारे कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन ।
एप्पल स्मार्टफोन बजारमा शीर्ष फोन हो । बजारको ठुलो हिस्सा यसको पोल्टामा छ । आइफोनमा नयाँ इनोभेशन नहुँदा यसको विक्री घट्न सक्छ । पछिल्लो समय अन्य ब्रान्डहरुले दाबोर्न मिल्ने फोन, फ्लिप फोन र एआई फिचर भएका फोनहरू ल्याइरहेका छन् । तर एप्पलले यस्ता फोन ल्याएको छैन । यस्तोमा सबै मुख्य प्रतिस्पर्धीले एआई फिचर भएका फोनहरू ल्याइसक्दा कम्पनीमाथि दबाब बढेको छ । टिम कुकले आफ्नो भाषामा पनि कयौँ पटक जेनरेटिभ एआई शब्द प्रयोग गरेका छन् । तर स्पष्ट रुपमा भने उनले केही पनि भनेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण