प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो
आइतबार, २१ माघ २०८०, १३ : ४९

काठमाडौँ । अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् ।
उनीहरुबिच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । विवाहमा सिमित पारिवारिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उनीहरुले आठ वर्ष बढी लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।
गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसले ‘मोक्ष‘ सिनेमामा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनित ‘ऐंचोपैचो‘ तथा ‘परस्त्री‘ सिनेमा रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड
-
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
-
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
-
दुर्गा प्रसाईँका कानुन व्यवसायीको बहस अन्तिम चरणमा, आजबाट तारा राजावादी तर्फबाट बहस हुँदै
-
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
-
एआई विरुद्ध २१औँ शताब्दीमा ‘लुडाइट’ आन्दोलनको खतरा