नन्दुको नयाँ गीत ‘मुटु त ढुक ढुक’ मा सरोज र बिनाको अभिनय
सोमबार, २२ माघ २०८०, १३ : ०२
काठमाडौँ । गायक तथा सङ्गीतकार नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मुटु त ढुक ढुक कलेजो भ्याट भ्याट’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार गुरुङको शब्द र सिद्धान्त खड्काको एरेन्ज छ ।
भिडियोमा सरोज प्रजा र बिना राउतसँगै विवेक, प्रितम, दावा र रूपक फिचर्ड छन् । बिनालाई देखेपछि दृष्टिविहीन बनेको नाटक गरेका सरोजको कर्तुत थाहा पाएपछि रिसाएकी बिनालाई सरोजले फकाउन गरेको प्रयासलाई भिडियोमा देखाइएको छ ।
भिडियोमा विशाल थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी र निर्देशन छ । भिडियो सरोज प्रजाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण