संसद
सभामुख–उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि ७ सांसद चयन
सोमबार, २२ माघ २०८०, १६ : ५१

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको अवस्थामा बैठकको अध्यक्षता गर्न ७ जना सदस्यहरूको मनोनयन गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई मनोनयन गरेका हुन । उनीहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल