आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुबईको अल अली ग्रुपले अजायासँग मिलेर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने

मङ्गलबार, २३ माघ २०८०, १८ : ५९
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । दुबईको प्रतिष्ठित व्यावसायिक समूह अल अली ग्रुपले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । नेपाल स्थित डायमन्डको अन्तर्राष्ट्रिय ब्राण्ड अजायासँगको साझेदारीमा अल अली ग्रुपले नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी गर्न चाहेको हो । 

मंगलबार राजधानीमा अजाया डायमण्ड र अल अली ग्रुपबिच व्यावसायिक साझेदारीको घोषणा भएको छ । नेपाल आएका अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र नेपाल स्थित अजाया नेपालका अध्यक्ष राकेश कुमार अडुकियाले व्यावसायिक सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।  

यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरेको छ । त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने बताएको । खासगरी विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा दुई पक्षले गरेको छ । अल अली ग्रुपले हस्पिटालिटी क्षेत्रमा पर्ने रिसोर्टमा लगानी गर्ने गरी नेपाल प्रवेश गर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप