शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ६२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १०.४१ रुपैयाँ

बुधबार, २४ माघ २०८०, ११ : ५६
बुधबार, २४ माघ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीले आर्थिक वर्षको पुस मसान्तसम्ममा२३ करोड ६६ लाख ३० हजार ८८६ रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ५२ लाख ३२ हजार ९६६ रुपैयाँ मात्र आर्जन गरेको कम्पनीले यो वर्ष ६२.९३ प्रतिशतले नाफामा वृद्धि गर्न सफल भएको हो । समीक्षा अवधिमा ९ लाख ८५ हजार ६८५ बीमा पोलिसी (बीमा लेख) मार्फत ४ अर्ब २८ करोड ३५ लाख १३ हजार ४५९ रुपैयाँ प्रिमियम सङ्कलन भएको कम्पनीले जनाएको छ । 

जसमा प्राथमिक प्रिमियम ७४ करोड ५२ लाख ५९ हजार ३५३ रुपैयाँ रहेको छ भने एकल प्रिमियम २१ करोड ३६ लाख १४ हजार ९९७ रुपैयाँ र नवीकरणीय प्रिमियम ३ अर्ब ३२ करोड ४६ लाख ३९ हजार १०९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

यसअवधिमा कम्पनीले ३३ अर्ब ५४ करोड २४ लाख ५९ हजार ३२८ रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ भने ३ अर्ब ९० करोड २० लाख ९६ हजार ४६२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट कम्पनीलाई समीक्षा अवधिमा १ अर्ब ४९ करोड ६४ लाख ४४ हजार ४७० रुपैयाँ आम्दानी भएको छ । 

अन्य सेवा सुविधा, कम्पनी सञ्चालन तथा अन्य आम्दानीबाट पुस मसान्तसम्म ५ अर्ब ८६ करोड ४९ लाख ५८ हजार ३०२ रुपैयाँ कमाएको कम्पनीले यता ५ अर्ब ६२ करोड ८३ लाख २७ हजार ४१६ रुपैयाँ खर्च गरेको छ । 

२३ करोड ६६ लाख ३० हजार बढी नाफा कमाएसँगै कम्पनीको यो वर्ष प्रतिशेयर आम्दानी (अर्निङ्ग पर सेयर) समेत बढेर १०.४१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) जम्मा ६.३९ रुपैयाँ मात्र रहेको थियो । कम्पनीको सेयर पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप