शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६० वर्ष अघिकी प्रेमिकाले पोष्टकार्ड पठाएपछि हत्या प्रयास

बिहीबार, २५ माघ २०८०, १६ : २७
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । उमेरसँगै मान्छेको बुद्धि पलाउँछ, मान्छे बुद्धिमान बन्दै जान्छ र सुझबुझ बढ्छ भनेर भन्छन् । तर ईर्ष्या चाँहि कहिले बुढो नहुने रहेछ । 

अमेरिकामा एक महिलाले ६० वर्ष अघिकी प्रेमिकाबाट पोष्टकार्ड लिएको निहुँमा आफ्नो पतिको हत्या गर्ने कोसिस गरेकी छिन् । आरोपी फ्लोरिडाकी ७१ वर्षकी बर्था याल्टर हुन् । उनीमाथि हत्याको प्रयास गरेको अभियोग चलाइएको छ ।

रिसको झोकमा वृद्धाले तकियाले मुख थुनेर आफ्नो वृद्ध पतिलाई मार्ने कोसिस गरेकी थिइन् । निहुँ भने ६० वर्षअघि श्रीमानले डेट गरेको टर्कीकी एक महिलाबाट पोष्ट कार्ड लिएको थियो । पुरुषको शरीरभरि चोटैचोट थियो । दुवै पाखुरा र पेटभरि घाउ नै घाउ थिए । दाँतले टोकेको ठाउँबाट रगत आइरहेको थियो । श्रीमानले पुरानी प्रेमिकाले पठाएको पोष्टकार्डको जवाफ पठाउन खोजेपछि बर्था रिसाएकी थिइन् । त्यस्तो हिंस्रक व्यवहार किने गरेको भनेर चाँहि उनले चित्त बुझ्दो जवाफ दिन सकिनन् ।

वृद्ध दम्पत्तिबीच झगडा भएको अनि पतिमाथि महिलाले गरेको व्यवहार खेदजनक भएपनि हत्याकै प्रयास भनेर। अभियोग लगाउन जरुरी नभएको महिलाको वकिलको दाबी थियो । बर्थाको श्रीमानको शरीरभरि पत्नीले दिएको घाउचोट बिस्तारै निको भइरहेको छ । उनी पत्नीलाई जेलबाबट निकाल्ने प्रयासमा छन् । सुरुमा उनले पत्नीले आफ्नो मुख तकियाले थिचेको भनेर बताएका थिए ।

तर अहिले उनी आफूहरूबिच त्यस्तो केही नभएको अनि आफू ठिक छु भनेर भनिरहेका छन् । मोबाइल फोनमा यो घटनाको बेलाको भिडियो भेटिएको छ । के भएको थियो भन्ने स्पष्ट बनाउन यसलाई प्रहरीले प्रमाणको रुपमा प्रयोग गर्दैछ । बर्था अझै पनि जेलमा छिन् वा रिहा भइसकिन् भन्ने स्पष्ट छैन । अदालतको आदेश अनुसार उनी श्रीमानको आसपास आउन पाउने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप