मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

नयाँ गीत ‘यहि त होनी माया’ मा विमल र गरिमाको जोडी

शुक्रबार, २६ माघ २०८०, १० : ४९
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत विमल अधिकारीकै रहेको गीतमा उनी मोडलिङमा समेत देखिएका छन् । 

भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको गीतको भिडियोमा विमलको अलवा गरिमा शर्मालाई पनि देख्न सकिन्छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

विमलको यस अगाडि ‘ए होर माया’ र ‘आहा माया’ आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप