सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

शुक्रबार, २६ माघ २०८०, १६ : ०९
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक सुरु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि स्थायी समिति बैठक बसेको माओवादी केन्द्रले जनाएको छ ।  

बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि  छलफल हुने छ ।   

मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत हुने पार्टीका सचिव गणेश साहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप