कविता
आफ्नै मलामी
शनिबार, २७ माघ २०८०, ०६ : ५३
थाहा पाइनँ कहाँ थिएँ
निष्पट्ट अन्धकारमा
मान्छेको त्यो ठुलो कोलाहलमा
अन्धाधुन्ध अघि बढिरहेँ
एकहोरो आवाज
मेरा कानमा आई बज्रिरह्यो ।
थाहा छैन कहाँ हो गन्तव्य
निकै विचलित महसुस गरिरहेको छु
आफ्नो अस्तित्व पनि
बिर्सिएको आवास हुँदै छ
त्यो कोलाहल
त्यो भिड छिचोल्दै
अघि बढेँ
जल्न लागेको आफ्नै लास देखेँ
आफूलाई आफ्नै मलामीमा भेटेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण