भुवनको ‘सानु तिमीलाई’मा न्यु सागर र बबिताको रोमान्स
आइतबार, २८ माघ २०८०, १२ : १०
काठमाडौंँ । गायक भुवन थापामगरको नयाँ गीत ‘सानू तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ । न्यु सागर लामा, बबिता पोखरेल र आशिष भुजेलको अभिनय रहेको भिडिया भुवन टिएम नामक युट्युव च्यानलमार्फत आएको हो ।
सुरेन बसेलको निर्देशन रहेको भिडियोमा युवा, युवतीबिचको त्रिकोणात्मक प्रेम तथा छुट्टिनु पर्दाको पीडा देखाइएको छ । लामो समयदेखि कलाकारितामा सक्रिय न्यु सागरले भिडियोमा कुशल प्रेमीदेखि असल सन्ततीसम्मको भूमिका निर्वाह गरेका छन् । नृत्यमा पारंगत न्यु सागर अभिनय तथा मोडलिङमा समेत उत्तिकै सक्रिय छन् ।
डिपी खनाल र शंकर थापा स्माइलको शब्द तथा संगीत रहेको गीतको भिडियो सुविन गोदारले खिचेको हुन् । रोहित बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ राकेश दाहालले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण