आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरले इमर्जेन्सी वार्डमा पार्टी गरेपछि...

आइतबार, २८ माघ २०८०, १४ : ५४
आइतबार, २८ माघ २०८०

भारतमा एक जना डाक्टरले इमर्जेन्सी कक्षभित्र पार्टी गरेको घटना बाहिरिएको छ । सदर अस्पतालको इमर्जेन्सी कोठामा पार्टी भइरहेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

ड्युटीमा खटिएका डाक्टरले आफ्ना परिचितहरूसँग मिलेर पार्टी गरिरहेको भिडियोमा देखिएको छ । यो घटना बाहिरिएपछि डाक्टर कारबाहीमा परेका छन् ।

सदर अस्पतालका सिभिल सर्जन डा. अनिल कुमारले आरोपी डा कुमार सौरभलाई फेब्रुअरी १० को साँझदेखि नै कामबाट बर्खास्त गरिदिएका छन् । सिभिल सर्जनले जारी गरेको स्पष्टीकरणमा ३ दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा आरोपी डाक्टरविवरुद्ध किटानी जाहेरी दर्ता गरेर कारबाही गरिने बताइएको छ ।

सदर अस्पताल कोडर्मामा आयुष्मान भारत अन्तर्गत आरोपी डाक्टर करारमा कार्यरत थिए । उनले आफ्ना चिनजानेका व्यक्तिका साथ आकस्मिक कक्षभित्र पार्टी गरिरहेको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसमा सौरभका चिनेजानेकाहरु हसिमजाक गर्दै चियाको चुस्की लिइरहेका देखिन्छन् । डाक्टरको यस्तो हर्कतबारे जानकारी पाएपछि उपायुक्त क्रुद्ध बनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप