डाक्टरले इमर्जेन्सी वार्डमा पार्टी गरेपछि...
भारतमा एक जना डाक्टरले इमर्जेन्सी कक्षभित्र पार्टी गरेको घटना बाहिरिएको छ । सदर अस्पतालको इमर्जेन्सी कोठामा पार्टी भइरहेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
ड्युटीमा खटिएका डाक्टरले आफ्ना परिचितहरूसँग मिलेर पार्टी गरिरहेको भिडियोमा देखिएको छ । यो घटना बाहिरिएपछि डाक्टर कारबाहीमा परेका छन् ।
सदर अस्पतालका सिभिल सर्जन डा. अनिल कुमारले आरोपी डा कुमार सौरभलाई फेब्रुअरी १० को साँझदेखि नै कामबाट बर्खास्त गरिदिएका छन् । सिभिल सर्जनले जारी गरेको स्पष्टीकरणमा ३ दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा आरोपी डाक्टरविवरुद्ध किटानी जाहेरी दर्ता गरेर कारबाही गरिने बताइएको छ ।
सदर अस्पताल कोडर्मामा आयुष्मान भारत अन्तर्गत आरोपी डाक्टर करारमा कार्यरत थिए । उनले आफ्ना चिनजानेका व्यक्तिका साथ आकस्मिक कक्षभित्र पार्टी गरिरहेको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसमा सौरभका चिनेजानेकाहरु हसिमजाक गर्दै चियाको चुस्की लिइरहेका देखिन्छन् । डाक्टरको यस्तो हर्कतबारे जानकारी पाएपछि उपायुक्त क्रुद्ध बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण