माओवादी बैठक
माओवादीका ५० जना नेताको घटुवा
आइतबार, २८ माघ २०८०, १५ : २५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका ५० जना नेताको घटुवा गरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका ५० जना नेताको घटुवा गरिएको जानकारी गराइएको हो ।
पार्टीको कोशी प्रदेशमा रूपान्तरण अभियानमा नगएका ५० जनालाई घटुवा गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । यस्तै उनले ७५ हजार पार्टी सदस्य नवीकरण भएको पनि बताए ।
कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले कोशी प्रदेश नामकरणले संगठनमा तरंग ल्याएको बताए ।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले कोशी नामकरणले पार्टी संगठनमा समस्या निम्तिएको ब्रिफिङ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
-
आँखामा मसाज गन प्रयोग गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण