सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादीका ५० जना नेताको घटुवा

आइतबार, २८ माघ २०८०, १५ : २५
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका ५० जना नेताको घटुवा  गरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका ५० जना नेताको घटुवा गरिएको जानकारी गराइएको हो । 

पार्टीको कोशी प्रदेशमा रूपान्तरण अभियानमा नगएका ५० जनालाई घटुवा गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । यस्तै उनले ७५ हजार पार्टी सदस्य नवीकरण भएको पनि बताए ।  

कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले कोशी प्रदेश नामकरणले संगठनमा तरंग ल्याएको बताए । 

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले कोशी नामकरणले पार्टी संगठनमा समस्या निम्तिएको ब्रिफिङ गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप