६ वर्षीय बालकले सबै देशको झन्डा चिन्ने, गिनिज बुकमा नाम लेखाउन पहल
काठमाडौँ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापा (अधिकारी)ले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैँ ती देशहरूको झन्डा र टापुहरू चिनेको बताइन् ।
अब आफूहरूको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरूप ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताइन् ।
‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’ उनले भनिन् ।
विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उनले ती झन्डाहरू सहजै चिनेका थिए ।
विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण