शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

६ वर्षीय बालकले सबै देशको झन्डा चिन्ने, गिनिज बुकमा नाम लेखाउन पहल

आइतबार, २८ माघ २०८०, १५ : ५०
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापा (अधिकारी)ले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैँ ती देशहरूको झन्डा र टापुहरू चिनेको बताइन् । 

अब आफूहरूको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरूप ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताइन् । 

‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’ उनले भनिन् । 

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उनले ती झन्डाहरू सहजै चिनेका थिए । 

विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप