वयस्कका लागि डाइपर स्पा खुलेपछि चुलियो विवाद
वाशिङटन डीसी । अमेरिकाको न्यू ह्याम्पशायरमा नौलो अवधारणाको एउटा स्पा यतिबेला विवादित बनेको छ । राज्यको अट्किन्सनमा वयस्कहरूका लागि भनेर भर्खरै नयाँ स्पा खुलेको थियो ।
यो स्पा डाइपर लगाउने वयस्कका लागि फिजिशियन डा. कोलेन मफीले खोलेकी हुन् । उनले २१ वर्षभन्दा बढी उमेरका डाइपर लगाउने सबै वयस्कका लागि भनेर यो स्पा खोलेकी थिइन् ।
स्पाले एक घण्टाको सय डलर र २४ घण्टाको बेड र ब्रेकफ्रास्ट समेत १ हजार ५०० डलरसम्म शुल्क लिन्छ । यहाँ वयस्कहरुले डाइपर लगाएर साना बच्चा झैँ खेलकुद गतिविधि गर्न सक्छन् कथा सुनाइन्छ ।
साना बालबालिकाहरुलाई जस्तै न्याप टाइम, कडल टाइम, चेञ्जिङ टाइम, कलरिङ, नर्सरी राइम्स र गित गाउनेजस्ता गतिविधि गर्न लगाइन्छ । अनौठा गतिविधिका कारण खुल्ने बित्तिकै यो स्पा विवादित बन्यो । समुदायले स्पालाई बालबालिका जस्तै व्यवहार देखाउने वयस्कको नाममा अश्लील कामोत्तेजना फैलाउन खोजिएको भन्दै आरोप लगाएको छ ।
डा. मर्फीले भने यसलाई अश्लील कामोत्तेजना नभएर दुःख पिर भुलाउने ठाउँ भन्दै बचाव गरिरहेकी छिन् । यसलाई मर्फीले मनोरञ्जन भन्दा पनि शारीरिक वा भावनात्मक आवश्यकता भनेकी छिन् । मर्फीले स्पाबारे जे जस्ता स्पष्टीकरण गरेपनि स्थानीय समुदाय आफ्नो अडानबाट टसको मस छैनन् । समुदायले यसलाई बन्द गराउन याचिका दायर गरेको छ । सबै ग्राहकहरुले सार्वजनिक रुपमा सभ्य लुगा लगाउने अनि ग्राहक र समुदायको सुरक्षाका लागि सबै सुरक्षा मापदन्डहरु अपनाइने बताइरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण