आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साङ्गलोलाई पूर्वप्रेमीको नाम दिएर जनावरलाई खुवाउन दिने चिडियाँघर

सोमबार, २९ माघ २०८०, १५ : २१
सोमबार, २९ माघ २०८०

टेक्सस । अमेरिकाको टेक्ससको सान अन्टोनियोमा रहेको एउटा चिडियाँघरले नौलो तरिकाले भ्यालेन्टाइन डे मनाउँछ । भ्यालेन्टाइन डेको दिनमा चिडियाँघरले अनौठो खालको  फन्ड रेजिङ अभियान चलाउँछ । यस दिनमा आगन्तुकहरुलाई साङ्गलोलाई आफ्ना पूर्व प्रेमी–प्रेमिकाको नाम राखेर त्यसलाई चिडियाँघरका जनावरलाई खुवाउन दिन्छ ।

तर यसका लागि फिर्ता नआउने गरी १० डलर दान दिनुपर्छ । दान दिएर आफ्नो पूर्वप्रेमी वा प्रेमिकाका नाम बुझाएपछि चिडियाँघरले भ्यालेन्टाइन डेको डिजिटल कार्ड पठाउँछ । यसमा साङ्गलो मात्रै होइन मुसा वा तरकारीलाई पनि पूर्वप्रेमी प्रमिकाको नाम राख्न दिन्छ । यसलाई पनि अन्य जनावरलाई खुवाइन्छ । तरकारीवाला विकल्पका लागि ५ डलर तिर्नुपर्छ ।

यसा पालुङ्गो वा बन्दा लगायत तरकारीको प्रयोग गरिन्छ । मुसावाला विकल्पका लागि २५ डलर तिर्नुपर्छ । यी मुसा दैनिक रुपमा चिडियाखानामा जनावरहरुलाई खुवाउने मुसास हुन् । यसलाई मुसा फारमबाट किनेर ल्याइन्छ । यो अभियानबाट उठेको पैसालाई चिडियाँघरले भविष्यका लागि वन्यजन्तु जोगाउने आफ्नो मिसनमा खर्च गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप