किसान आन्दोलन : दिल्लीमा तनावग्रस्त स्थिति
काठमाडौँ । भारतको राजधानी दिल्लीमा यतिबेला स्थिति तनावग्रस्त बनेको छ । हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरुले आन्दोलन गर्न दिल्ली प्रस्थान गरेका छन् ।
किसानहरुलाई दिल्ली छिर्न नदिन केन्द्र सरकारले अनेकौं तयारी गरिरहँदा स्थिति तनावपूर्ण बनेको हो । केन्द्र सरकारले किसानहरुलाई दिल्ली छिर्न नदिने दिल्ली भित्रिने चार ओटै मुख्य नाकाका सडक बन्द गरिदिएको छ । सवारी आवागमन प्रभावित हुँदा दिल्लीभित्र र बाहिरका सडकहरुमा सवारी साधनहरु लामो जाममा फसेका छन् ।
किसान आन्दोलनलाई विचार गरेर केन्द्र सरकारले दिल्लीका कयौँ स्थानमा ५ हजारभन्दा धेरै अर्ध सैनिक बलका जवानहरु खटाएको छ । सुरक्षा स्थितिलाई दृष्टिगत गर्दै दिल्ली मेट्रोले आठ रेल स्टेशन बन्द गरिएको छ । किसानहरु ट्र्याक्टर चढेर, कयौँ दिनलाई पुग्ने खानपिनका सामान र फ्रिज समेत बोकेर दिल्ली छिर्ने तयारीमा छन् ।
आन्दोलन फिर्ता गराउन सोमबार केन्द्रीय मन्त्री पीयूष गोयल र अर्जुन मुंडासमेतका उच्च अधिकारीहरुले किसान नेताहरुसँग घण्टौँ लामो वार्ता गरेका थिए । न्यूनतम समर्थन मूल्यमा कानुनी ग्यारेन्टीको विषयमा सहमति जुट्न नसकेपछि किसानहरु दिल्ली घेर्ने तयारीमा हिँडेका छन् । हरियाणाको शंभू बोर्डरमा स्थिति बिग्रँदै गएको छ । किसानहरुलाई रोक्न ड्रोनबाट अश्रु ग्यास प्रहार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण