जनयुद्ध दिवसमा प्रभु साह : प्रचण्ड सरकारले किसान–मजदुरलाई बिर्सियो
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारले किसान–मजदुरलाई बिर्सिएको आरोप लगाएका छन् । माओवादी जनयुद्ध दिवसको अवसरमा बोल्दै साहले प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो भन्नेमै प्रश्न उठेको टिप्पणी गरे ।
‘किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आज भगौड़ा दलाल पूँजीपति वर्गको लागि काम गरिरहेका छन्’, उनले भने, ‘देश बनाउने संकल्प लिएकाहरुले निजी स्वार्थमा परेर देश बर्बाद गर्न लागेका छन् ।’
यस्तो प्रवृत्तिलाई ‘खोला तरेर लौरो बिर्सिने’ भनिने भन्दै उनले जनयुद्धको सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।
उनले देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा जान बाध्य रहेको दृष्टान्त पेश गर्दै उनले किसान मजदुरको रगत–पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारमा यस्तो कहालिलाग्दो अवस्था निर्माण दुर्भाग्यपूर्ण विषय भएको बताए ।
‘महान जनयुद्ध दिवसको सम्मान गरौँ’ भन्ने मुल निष्कर्षलाई आत्मसात गरेर अगाडि बढ्न’ आजको आवश्यकता भएको पूर्वमाओवादी समेत रहेका उनको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण