सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मस्यौदामाथि छलफल गर्न औसत १० मिनेटको समय, कोको भए टोली नेता ?

मङ्गलबार, ०१ फागुन २०८०, २२ : १३
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न बनेको २० वटा समूहले टोली नेता छान्ने क्रम जारी रहेको छ । मंगलबारबाट प्रज्ञा भवन कमलादीमा सुरु भएको प्रथम विधान अधिवेशनले मस्यौदामाथि छलफल गर्न स्थायी समितिले समन्वय गर्ने गरी २० समूह बनाएको थियो । 

जसअनुसार समूह १ मा अञ्जना विशंखे(देवकोटा हाल)को समन्वयमा सुझाव टिपोटको लागि ५ जनाको समूह बनाएको छ । यो समूहले अन्तिम चरणमा नेता चयन गर्ने तयारी गरेको छ । समूह २ मा अमृता थापा(लेखनाथ हल)ले समूहको समन्वय गरेकी छिन् । टिपोटको लागि ७ जनाको समूह बनाएको छ । यस समूहले टोली नेता चयन गरेको छैन । यसैगरी समूह ३ अन्तर्गत ओनसरी घर्ती(पारिजात हल)ले समन्वय गरेकी छिन् । यस समूहलेपनि टोली नेता चयन गरेको छैन ।

समूह ४ मा कमला रोका(सिद्धिचरण हल)ले अन्तिममा नेता चयन गर्ने भएको छ ।  समूह ५ मा कालीबहादुर मल्ल(सिद्धिचरण हल) दिलिपकुमार प्रजापतीलाई नेता चयन गरेको छ । समूह ६ मा कुल प्रसाद केसी(पेरिसडाँडा तल्लो हल)ले पनि नेता चयन गरेको छैन । 

समूह ७ मा खगराज भट्ट(मूल हलको मञ्च)ले नेता चयन गरेको छैन ।  समूह ८ मा गणेश मान पुन (मूल हलको दायाँ) अन्तिममा नेता चयन गर्नेभएको छ । समूह ९ मा जयपुरी घर्ती(मूल हलको बायाँ)ले रञ्जीत तामाङलाई नेता चयन गरेको छ । 

यस्तै समूह १० मा जोखबहादुर महरा(मूल हलको बिच)ले नेता चयन गरेको छैन ।  समूह ११ मा नारायणप्रसाद दाहाल(मूल हलको बाल्कुनीको दायाँ)ले पनि नेता चयन गरेको छैन । समूह १२ मा परशुराम तामाङ(मूल हल बाल्कुनीको बायाँ)ले पनि नेता चयन गरेको छैन । समूह १३ मा पूर्णकुमारी सुवेदी(कर्मचारी टेड्र युनियन कार्यालय)ले वामदेव क्षत्रीलाई नेता चयन गरेको छ । 

यस्तै समूह १४ मा प्रह्लाद बुढाथोकी (पेरिसडाँडा मजदुर हल)ले नेता चयन गरेको छैन । समूह १५ मा महेश्वरराज जंग गहतराज(पेरिसडाँडा माथिल्लो हल)ले हिमाल शर्मालाई नेता चयन गरेको छ । समूह १६ मा विश्वनाथ साह(पेरिसडाँडा तल्लो हल)ले नेता चयन गरेको छैन । 

समूह १७ मा यशोदा सुवेदी (पेरिसडाँडा मजदुरको छत)ले नेता चयन गरेको छैन । समूह १८ मा शशी श्रेष्ठ(प्रज्ञा भवनको लवी)ले नेता चयन गरेका छैनन् । यसैगरी समूह १९ मा सत्य पहाडी(राष्ट्रिय नाचघरको सानो हल)ले पनि टोली नेता चयन गरेको छैन । यस्तै समूह २० मा हकिकुल्ला खाँ(बबरमहल बागमती प्रदेशको कार्यालय हल)ले पनि नेता चयन गरेको छैन । उनीहरुले समन्वय गरेर टोली नेता चयन गर्नेछन् भने  सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहेका छन् ।  समूहमा छलफल गरेर बुधबार टोली नेताले हलमा निष्कर्ष पेस गर्ने कार्यतालिका रहेको छ । समूह छलफलका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको समय तालिका छुट्याइएको छ । प्रत्येक नेतालाई १० मिनेटको समय दिइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । समूहगत छलफलबाट आएका जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएपछि बिहीबार अधिवेशन सकिने उपाध्यायले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप