शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

बिहीबार, ०३ फागुन २०८०, २१ : ३८
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोकले माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।

रिटमा भनिएको छ, ‘विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक लगाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले बाध्य भई सम्मानित सर्वोच्च अदालतमा यो रिट निवेदन दर्ता गर्न आएको छु ।’

नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ (माध्यमिक तह) सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरेको छ । त्यस्तो मौलिक हकमा अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुबाट विभिन्न शीर्षकमा शुल्क असुल गर्ने कार्य भइरहेको रिटमा उल्लेख छ ।

निवेदनको अन्तिम निर्णय नहुँदासम्म नेपालको संविधान एवं प्रचलित कानुन विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिनु र माध्यमिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत माग गरिएको छ ।

3df05b37-0d7d-4471-85d9-01d1bec4415b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप