माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोकले माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।
रिटमा भनिएको छ, ‘विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक लगाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले बाध्य भई सम्मानित सर्वोच्च अदालतमा यो रिट निवेदन दर्ता गर्न आएको छु ।’
नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ (माध्यमिक तह) सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरेको छ । त्यस्तो मौलिक हकमा अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुबाट विभिन्न शीर्षकमा शुल्क असुल गर्ने कार्य भइरहेको रिटमा उल्लेख छ ।
निवेदनको अन्तिम निर्णय नहुँदासम्म नेपालको संविधान एवं प्रचलित कानुन विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिनु र माध्यमिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण