बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?

बुधबार, १७ असार २०८३, १७ : १५
बुधबार, १७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
  • प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
  • केन्द्रीय सदस्यहरूमा रवि पक्षबाट ३४ जना, बालेन समूहबाट २५, विवेकशील साझाबाट तीन र अन्य समूहबाट ३८ जना निर्वाचित भएका छन् ।

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

केन्द्रीय कार्यालय घन्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार(७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये सभापतिसहित ९९ जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ । यी बाहेक सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट खुला ३२, समावेशी ३२ र सात प्रदेशबाट पाँच/पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

यसैगरी निर्वाचित ६ जना पदाधिकारीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचिन भएका थिए । रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ ।

केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा रवि पक्षबाट ३४ जना छन् । बालेन समूहबाट २५, विवेकशील साझाबाट तीन र अन्य समूहबाट ३८ जना छन् । फागुनको निर्वाचन अगाडि रास्वपाले बालेन समूह, विवेकशील साझा, जेनजी समूह, थारुहट/थारुवान समूह र दलित समूहलाई समायोजन गरेको थियो ।

यस महाधिवेशनमा साविक रास्वपाको केन्द्रीय समितिमा रहेका असिम शाह, गणेश कार्की, निशा डाँगी लगायत नेताहरू फरक कित्तामा उभिएका छन् । पार्टीभित्र कार्की पहिलेदेखि नै स्थायी प्रतिपक्षको भूमिकामा देखिएका थिए । रास्वपा र बालेन समूहलाई मिलाउन भूमिका खेलेका शाह अहिले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार छन् । उनी सहमहामन्त्रीमा पनि निर्वाचित भएका छन् । डाँगीले प्रस्ट रूपमा बालेन समूहमा खुलेको रास्वपा वृत्तमा चर्चा छ । 

  • रवि समूह

डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, डा. तोसिमा कार्की, मनिष झा, हरि ढकाल, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, इन्दिरा रानामगर, गणेश पराजुली, पुकार बम, सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, हिमेस पन्त, लिमा अधिकारी, टिका संग्रौला, क्रान्तिशिखा धिताल, शंकर श्रेष्ठ, कुशुम महर्जन, अशोक कुमार चौधरी, कामिनी कुमारी चौधरी, विजय जैरु, शिव नेपाली, निशा मेहता, ज्ञानु पौडेल, देवराज पाठक, विनिता कठायत, दीपकराज बोहरा, राजीव खत्री र प्रदिप विष्ट छन् ।

  • बालेन समूह

सागर ढकाल, सस्मित पोखरेल, राजुनाथ पाण्डे, खगेन्द्र सुनार, सुशान्त वैदिक, सुदिप ढकाल, प्रकृति ढकाल, दिपक कुमार साह, हेमराज थापा, केपी खनाल, असिम शाह, निशा डाँगी, मिङ्मा डम्डु शेर्पा, आसिका तामाङ, अनुष्का श्रेष्ठ, करिश्मा कठरिया, बब्लु गुप्ता, अरविन्द साह, खिमा विक, सुजाता तामाङ, अंकित कुमार यादव, विदुषी राणा, मनिष खनाल, सीता वादी र प्रकाश न्यौपाने निर्वाचित छन् ।

  • विवेकशील साझा

यो समूहबाट समीक्षा बास्कोटा, रञ्जु दर्शना र पवित्रा थापामात्र निर्वाचित भएका छन् ।

  • अन्य समूहमा

रिमा विश्वकर्मा, गणेश कार्की, गीता चौधरी, हेमराज भट्ट, डिल्लीश्वर कार्की रोहन, जमुना शर्मा, सुशीला कार्की पोखरेल, मिलन लिम्बू, महेश लामा, ध्रुव थापा मगर, निशा श्रेष्ठ, जुली यादव, सविना विक, समिना मिया, रहबर अन्सारी, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा,सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मन्जु सिंह, प्रभा ढकाल, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, सागर भुसाल, पूजा बास्तोला, विष्णुकुमारी गुरुङ, कल्पना पाण्डे, संगिता ढकाल, शर्मिला खनाल, टासी ल्हाजोम, मेनुका शाही, जानकी जोशी र चन्द्रा ऐर चाँदनी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप