बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

बुधबार, १७ असार २०८३, २० : ३७
बुधबार, १७ असार २०८३

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् ।

लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया मनिषा विक आज स्थानीय रोरा खोलाको किनारमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । मनिषा लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन् । अभिभावकले उनलाई मङ्गलबार बिहान विद्यालय पुर्‍याएका थिए । तर, त्यसपछि उनी सम्पर्कमा नआएपछि खोजी गर्न थालिएको थियो ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोलीले मनिषालाई रोरा खोला किनारमा मृत फेला पारेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप