बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नगरसभाले पारित गर्‍यो ललितपुर महानगरको बजेट

बिहीबार, १८ असार २०८३, १० : ३९
बिहीबार, १८ असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट नगरसभाबाट पारित गरेको छ ।
  • यस बजेटले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।
  • बजेटमा बिरामी नगरवासीको घर घरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिकलाई निमोनियाको खोप र पाठेघरको क्यान्सर परीक्षण जस्ता कार्यक्रम समावेश छन् ।

काठमाडौँ  । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो । 

महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगर सभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३/८४ को बजेटले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, सम्पदा संरक्षण सँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए ।

उनले भने- ‘ती मध्येको साउन १ गतेदेखि सुरु हुने चिकित्सक सहितको एम्बुलेन्स, बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो ।’  स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए ।

यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहित एम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयीकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला  वर्षहरूमा कार्यान्वयनमा ल्याएको छ । 

सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । 

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई सुशासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप