पत्रकार खेम भण्डारी पक्राउ
बिहीबार, १८ असार २०८३, ०९ : २६
सारांश
- कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो।
- भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा अदालतले ७ दिन कैद र जरिवानाको फैसला गरेको थियो।
धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो।
डीएसपी रावतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
-
बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर
-
कस्तो रहला देशका प्रमुख सहरहरूको मौसम ?
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण