बाँकेमा रासायनिक मल वितरण
बाँके । बाँकेका ८ वटै स्थानीय तहमा कोटा प्रणाली अनुरुप रासायनिक मल वितरण सुरु गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डिएपी र १५७ बोरा पोटास, नेपालगन्ज उपमहानगरपालिकामा ८६९ बोरा डिएपी, १७४ बोरा पोटास र एक हजार ३१४ बोरा युरिया, बैजनाथ गाउँपालिकामा एक हजार १५१ बोरा, एक हजार ३८० बोरा युरिया र २३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार १४४ बोरा डिएपी, एक हजार ३७० बोरा युरिया र २३० बोरा पोटास मल वितरण गरिएको बताए।
जानकी गाउँपालिकामा ८५९ बोरा डिएपी, एक हजार २७ बोरा युरिया र १७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा एक हजार १४३ बोरा डिएपी, एक हजार ३६५ बोरा युरिया र २२९ बोरा पोटास, राप्तीसोनारी गाउँपालिकामा एक हजार २२८ बोरा डिएपी, एक हजार ६३३ बोरा युरिया, २७५ बोरा पोटास र नरैनापुर गाउँपालिकामा ८०९ बोरा डिएपी, ९६९ युरिया र १६२ बोरा पोटास मल वितरण गरिएको छ।
नेपालगन्ज–१६ का ५२ वर्षीय बछिलाल यादवले रासायनिक मल नपाएर सास्ती भोग्नुपरेको बताउनुभयो । हाल रोपाइँको समय छ, यही समयामा मल पाउँन सास्ती छ, उनले भने।
जिल्ला सहकारी सङ्घ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगन्जका १२ वटा वडामा वितरणका लागि कुल ८१ बोरा रासायिनक मल आएको उल्लेख गर्दै सो मल पाउनका लागि किसानको भीड लागेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण