हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
सारांश
- हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ।
- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजैदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
- नयाँ दरअनुसार सुगम र दुर्गम दुवै क्षेत्रको उडान भाडामा उल्लेख्य गिरावट आएको छ र यो निर्णय उल्लङ्घन गर्ने कम्पनीलाई कारबाही गरिनेछ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजैदेखि लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।
नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटेर प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो । सोही घटेको मूल्यका आधारमा प्राधिकरणले नयाँ इन्धन सरचार्ज दर स्वीकृत गरेको हो ।
प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित हवाई भाडा दर इन्धन सरचार्ज आजदेखि नै अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ । यो निर्णय उल्लङ्घन गर्ने वा नयाँ भाडा दर लागू नगर्ने वायुसेवा कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ । नयाँ दरअनुसार सुगम र दुर्गम दुवै क्षेत्रको उडान भाडामा उल्लेख्य गिरावट आएको छ।
कहाँको भाडा कति ? (सूची)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण