बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
सारांश
- बारा प्रहरीले चार जना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार जना महिलालाई पक्राउ गरेको छ।
- जितपुर सिमरा उपमहानगरपालिका–१६, टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा मोबाइल चोरीको आरोप लगाउँदै बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको थियो।
- पक्राउ परेका महिलाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । बारा प्रहरीले चार जना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार जनालाई महिलालाई बुधबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मङ्गलबार बिहान करिब ९ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६, टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवालाई असार १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ। बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
-
भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
-
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी श्रेष्ठ नियुक्त
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण