समाचार
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी श्रेष्ठ नियुक्त
बुधबार, १७ असार २०८३, २१ : २६
सारांश
- संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन् ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको निर्णयले श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको हो ।
- श्रेष्ठ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष हुन् ।
पोखरा । संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको निर्णयले पोखराका श्रेष्ठ बुधबार सदस्य सचिवमा नियुक्त भएका हुन्।
पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने व्यवस्था छ।
पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण एवं विकासका लागि उनी विगत २५ वर्षदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा रहेर सेवा गरिरहेका छन् । हाल उनी उक्त समितिको वरिष्ठ उपाध्यक्ष छन् ।
श्रेष्ठ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव र पोखराका पूर्वप्रधानपञ्च समेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण