आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फिरङ्गी नेतृत्वका कारण विकास हुन सकेन : प्रभु साह

शुक्रबार, ०४ फागुन २०८०, १६ : ३२
शुक्रबार, ०४ फागुन २०८०

रौतहट ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताएका छन् । शुक्रबार गृह जिल्ला रौतहटको गौरमा आम जनता पार्टीले आयोजना गरेको कार्यक्रममा उनले हरेक आन्दोलनमा रौतहटको भूमिका नेतृत्वदायी रहेको भएपनि विकासको दृष्टिकोणले पनि निकै पछि परेको बताए ।  

यसको प्रमुख कारण भनेर बाहिरको नेतृत्व नै भएको उनको भनाइ छ । ‘रौतहटले राणाकालविरुद्धको आन्दोलनमा ठुलो योगदान गर्य । सामन्तवाद विरोधी आन्दोलन होस् या लोकतन्त्रका लागि भएका आन्दोलन तथा जनयुद्ध र मधेस आन्दोलन सबैमा योगदान गर्‍यो । तर, पनि जिल्लाको विकास भएन’, उनले भने, ‘जिल्ला मानव विकासको सूचकांकमा पछाडि छ । यसको एउटै कारण भनेको बाहिरिया नेतृत्व भनौँ या फिरङ्गी नेतृत्व हो ।  फिरङ्गी गी नेतृत्वको को कारण रौतहटको विकास भएन ।’ 

दलका नेताहरूको लुटकारी प्रवृत्तिका कारण देशका जनता हिनबोधले निराशामा फसेको उनले जिकिर गरे । उनले सफल देशको इतिहास भएको राष्ट्रका नागरिक अहिले दलहरूकै कारण  निराशामा रहेको पनि जिकिर गरे । यस्तै भन्सार भन्सार कानुनको लुटकारी प्रावधान हटाउनुपर्नेमा जोड दिए । त्यसकै लागि दबाब दिन पार्टीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साहले  यो व्यवस्थाको खारेज हुनै पर्ने बताए । 

यस्तै उनले हत्यारा बचाउन सरकार छोड्छु भन्नेहरूले मधेसको विकासका लागि किन बोलेन भन्दै प्रश्न पनि गरे । यसैबिच भन्सार छली नियन्त्रणको नाममा भइरहेको छिनछोर एवं लुट रोक्न सङ्घर्ष गर्ने प्रतिबद्धताका साथ गौर नगरस्तरीय भेलाबाट रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी  चयन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप