सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कको गिरावट

शनिबार, ०५ फागुन २०८०, १० : २७
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । वित्त नीति (बजेट) सँगै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कमाथिको गिरावट आएको छ । केन्द्रीय बैंकले सोमबार अर्थात् माघ २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा गरेको थियो । 

मौद्रिक नीतिको समीक्षाले पुँजी बजार सम्बन्धी कुनै पनि नीतिमा पुनर्विचार नगरिदिएपछि लगानीकर्ताहरू केही प्रभावित हुन पुगेका छन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य स्थिति सकारात्मक नै रहेको बताउँदै केन्द्रीय बैंकले यसअघिकै मौद्रिक नीतिको पहिलो त्रैमासले लिएको नीतिकै निरन्तरता दिने बताएसँगै लगानीकर्ताहरू निराश बन्न पुगेका हुन् । 

मौद्रिक नीतिको समीक्षाले ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राख्दै सेयर धितो कर्जा र सोमा लाग्ने १२५ प्रतिशतको जोखिम भार समेत यथावत् राखिदिएपछि बजार उति उत्साहित बन्न सकेन । 

लगत्तै मंगलबार (फागुन १ गते) को सेयर बजार ३०.५६ अङ्कले घट्न पुगेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन माघ २५ गते ५.६८ अङ्कले बढ्दै २ हजार ९६.३२ अङ्कमा उक्लिएको नेप्से सूचक आइतबार १०.५० अङ्कले घटेर २ हजार ८५.८२ अङ्कमा झरेको थियो । 

सोमबार (माघ २९ गते) १५.३३ अङ्कले नेप्से बढ्दै २१ सय १.१६ अङ्कमा उक्लिएको नेप्से सूचक मौद्रिक नीति पछि मंगलबार ३०.५६ अङ्कले घट्दै २ हजार ७०.५९ अङ्कमा झरेको हो । 

यसपछिका दुई दिन बुधबार ५.९१ अङ्कले नेप्से बढ्दै गर्दा अन्तिम कारोबार दिन (बिहीबार) पुनः १४.४६ अङ्कले घट्दै नेप्से सूचक २ हजार ६२.०३ अङ्कमा झर्न पुगेको छ । 

  • २० अर्ब २३ करोडको कारोबार

तथापि, यो साता २० अर्ब बढीको सेयर कारोबार भएको छ । ५ कारोबार दिनमा ३ कारोबार दिन नेप्से सूचक ओरालो लाग्दा यो साता कूल २० अर्ब २३ करोड ८४ लाख ६० हजार २२९ दशमलव ७ रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

मार्केट क्यापिटलाइजेशन ५३ अर्ब ८९ करोड ऋणात्मक

नेप्से सूचक घटेसँगै यो साता यता मार्केट क्यापिटलाईजेशन (बजार पुँजी) समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन ५३ अर्ब ८९ करोड ९७ लाख रुपैयाँले घट्दै ३२ खर्ब ४१ अर्ब २४ करोड ५० लाख रुपैयाँ कायम भएको हो । 

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन माघ २५ गते यस्तो मार्केट क्यापिटलाइजेशन ३२ खर्ब ९५ अर्ब २४ करोड २० लाख ६३ हजार रुपैयाँ कायम रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप