आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

'वैदेशिक रोजगार ऐन संशोधन जरुरी'

शनिबार, ०५ फागुन २०८०, २० : ००
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले  विदेशमा नेपाली कामदारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन जरुरी रहेको बताएका छन् । विदेशमा नेपाली कामदार पठाउँदा निरन्तर ठगी हुने गरे पनि ट्रेड युनियनका नेताहरू के गर्दै छन् भन्दै प्रश्न समेत गरे । 

शनिवार राजधानीमा आयोजित आम ट्रेड युनियन फेडरेसनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै साहले नेपालमा बढीभन्दा बढी रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए । त्यसका लागि सत्तामा बसेकाहरूको इमानदार प्रयास जरुरी रहेको भन्दै वर्तमान सरकारले त्यसतर्फ ध्यान जान नसकिने रहेको धारणा राखे । 

उनले नेपाली उद्योगमा विदेशी ल्याउनेतर्फ नलागी स्वदेशी कामदारलाई रोजगारी दिलाउनुपर्ने धारणा राखे ।  

यस्तै उनले भन्सार भन्सार कानुनको लुटकारी प्रावधान हटाउनुपर्नेमा जोड दिए । त्यसकै लागि दबाब दिन पार्टीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साहले  यो व्यवस्थाको खारेज हुनै पर्ने बताए । 

अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभा हलमा सम्पन्न भेलाले शिव थापाको नेतृत्वमा १०१ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप