कविता : शब्दको महत्त्व
खै कस्तो शक्ति हुने रैछ यी शब्दहरूमा
असाध्यै महत्त्वपूर्ण लाग्ने शब्दहरू
कुनै बेला महत्त्वहीन बनिदिन्छन्
असाध्यै प्रिय लाग्ने शब्दहरू
कुनै दिन अप्रिय लाग्न थाल्छन्
शब्दहरूबाटै आफ्नो बह पोख्न सकिने
कहिलेकाहीँ कसैका शब्दका कटाक्षहरूबाट पीडा पनि थपिने ।
ओहो ! कस्तो अदृश्य शक्ति हुनेरहेछ यी शब्दहरूमा
हृदयस्पर्शी शब्दहरूबाट धेरैको मन जित्न सफल भइने
कसैबाट कटुशब्द निस्क्यो भने मरेतुल्य बनाइछाड्ने
शब्दद्वारा नै आदर, मान, सम्मान प्रकट हुने
अनि प्रायको हृदय नै जित्न सकिने
कहिलेकाहीँ कसैका कुशब्दहरूले झापड हानेजस्तो लाग्ने ।
संसारै हाँक्ने पनि शब्दहरूले
युद्ध निम्तिने पनि शब्दहरूकै प्रयोगले
ओहो ! कस्तो तागत बोकेको हुने रहेछ हरेक शब्दले
आफ्नो घनिष्ठलाई माया जताउने माध्यम पनि शब्द
मित्रतालाई शत्रुतामा परिणत गराउने पनि शब्द
शब्दले नै मौनता चिर्न सकिने
शब्दले नै मौन पनि बनाउन बेरै नलाग्ने ।
शब्दले नै ऊर्जा र उत्साह बढाइदिने
अलि कठोर शब्दहरूले हतोत्साहित पनि बनाइदिने
शब्दहरूले नै कसैलाई माथि चढाइदिने
कसैलाई भुई मै पछारिदिन पनि समय नलगाइदिने
ओहो ! कस्तो अपरिभाषित अर्थहरू राख्ने रहेछन् शब्दहरूले ।
जीवनलाई ताजगी र नयाँ बनाइदिने
जीवनमा आशा सिर्जना गरिदिने
कुनै बेला मनलाई अस्थिर र निराश बनाइदिने
यी सबैको पछाडि शब्द नै हुन्छन्
शब्दले पराईलाई आफ्नो बनाइदिने क्षमता राख्छ
अनि आफ्नालाई पराई बनाइदिन पनि सक्छ
ओहो ! कस्तो जादु हुँदोरहेछ यी शब्दहरूमा
अनि कति अवर्णनीय अर्थ राख्ने रहेछन् यी शब्दहरूले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण