आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जय श्रीराम’को नारा लगाउँदै गराइयो वीरगन्ज बजार बन्द

सोमबार, ०७ फागुन २०८०, १४ : ५७
सोमबार, ०७ फागुन २०८०

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको बजार ठप्प पारिएको छ । रौतहट  घटनाको विरोधमा हिन्दु समाजले वीरगन्जका मुख्य बजार बन्द गराएको हो । 

बन्दका कारण घण्टाघर, माई स्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य सडकमा रहेको अधिकांश पसल बन्द छन् । हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका थिए । 

हिन्दु समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जनाए । 

हिन्दु समाजले प्रदर्शन गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ । 

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, ‘हाम्रो देशमा कोही पनि कसैबाट असुरक्षित छैन, यदि कोही छ भने हामीलाई म्यासेज गर्नुहोस् , सुरक्षाको जिम्मेवारी हाम्रो हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप